सप्तकोशीमा खतराको तह पार, ४६ ढोका खाेलियो


६ श्रावण २०७७, मंगलवार ०७:५८ मा प्रकाशित

काठमाडौं । सप्तकोसी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ।  पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन्।

आज बिहान ६ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख ३४ हजार  ८० क्युसेक पानी प्रतिसेकेन्डका दरलले बहाव भइरहेको सुनुरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र मणि पोखरेलले जानकारी दिए।

कोसीको बहावले खतराको सतह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here