बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खुलेको १ घन्टामा पुन अवरुद्ध भएको छ । आइतबार साझ एक तर्फी रुपमा संचालनमा आएको बाटो पुन पहिरो झरेपछि बन्द भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
गएको शुक्रबार राती देखी अवरुद्ध सडक, आईतबार बेलुकी ७ बजे देखि एकतर्फी रुपमा संचालनमा आएपनि पुन आईतबार रातीको बर्षाले बिभिन्न स्थानमा पहिरो झरेपछि बाटो बन्द भएको हो ।
सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो झरिरहेको प्रहरीको भनाई छ । यसै बिच जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पा बुटवलको सडकममा बेलुकी ८ देखि बिहान ६ बजे सम्मका लागी यात्रा गर्न रोक लगाएको छ ।
जोखिम पुर्ण यात्राबाट खतरा हुन सक्ने भएकाले अर्को सुचना जारी नभएसम्मका लागी बेलुकी ८ देखि बिहान ६ बजे सम्म यात्रा गर्न रोक लगाईको प्रहरीले जनाएको छ ।





