झापामा गत आर्थिक बर्षमा २ सय ३१ वटा सवारी दुर्घटना


२ श्रावण २०७७, शुक्रबार २०:०८ मा प्रकाशित

झापा । झापामा अघिलो आर्थीक बर्ष २०७५/७६ मा जम्मा २ सय ४९ वटा सवारी दुर्घटना भएको थियो भने गत आर्थिक बर्ष २०७६/७७ मा २ सय ३१ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयको तथ्यांकले देखाएको छ ।

अघिलो आर्थीक बर्षमा सडक दुर्घटनामा परि ८५ जनाले ज्यान घुमाएका थिए भने गत आर्थीक बर्षमा ६२ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका तथ्यांकले देखाएको छ । गएको आर्थीक बर्षमा मृत्युहुनेमा ४८ जना पुरुषसंगै १० महिला र ४ जना बालबालिका रहेका छन् । यो अबधिमा सवारी दुर्घट्नामा परि जिल्लामा ३ सय ५९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख प्रकाश जवेगुले बताए ।

गत आर्थीक बर्षको करिब ४ महिना विश्वव्यापी रुपमा फैलीएको कोरोरोना भाइरसको कारण लकडाउन भएको थियो । सो अवधिमा अत्यन्तै कम संख्यामा मात्रै सवारीहरु संचालन भएपनि दुर्घटना र दुर्घटनाका कारण ज्यान समेत गुमेको घटना भने रोकिएको छैन् । लकडाउनको अवधिभर जिल्लामा ४८ वटा सवारी दुर्घटना भएका छन् भने ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला २ बालबालिका र ६ पुरुष रहेका छन् । सो अवधिमा ७८ जना घाइते भएका छन् भने ७ हजार ५ सय ७६ वटा सवारीलाई कावाही गरिएको कार्यलयका प्रमुख प्रकाश जवेगु बताउछन् ।

लकडाउनको असरका बिच अन्य अवस्थामा जस्तो सवारी संचालन नभए पनि अघिल्लो आर्थीक बर्षको तुलनामा गत बर्षको राजश्व संकलनमा भने वृद्धी भएको छ । गत बर्ष ०७६/७७ मा कार्यलयले लकडाउनका बिच पनि ५४ हजार ८ सय ५० वटा सबवरीलाई कार्वाही वाफत ४ करोड ५ लाख ५४ हजार ५ सय राजश्व संकलन गरेको छ भने अघिलो आर्थीक बर्षमा ४ करोड ३ लाख ८ हजार मात्रै राजश्व संकलन भएको तथ्यांकमा उल्लेख छ । कार्यलयले लकडाउनको अवधिमा मात्रै पनि ९२ लाख ५६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलयले गत आर्थीक बर्षमा सबै भन्दा बढी मोटरसाइकल १६ हजार २ सय ५२ लाई कार्वाही गरेको छ । मापसे कारर्वाहीमा ३ हजार ४ सय २५ वटा सवारी परेका छन् भने मापसे कार्वाही वाफत ३४ लाख २५ हजार रावश्व संकलन गरेकोे देखिन्छ । तिब्र गति, चालकको लापरर्वाही, मापसे लगायतका कारणहरु दुर्घटनाका मुख्य कारण देखिएको छ भने यो आर्थीक बर्षमा प्रहरीले बडाएको सक्रियताका कारण दुर्घटनामा न्यूनीकरण र राजश्वमा वृद्धी भएको कार्यलयको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here