प्रनिश थापा
चितवन । चन्दा असुली तथा बम विष्फोट गराउने जस्ता कार्यमा संलग्न रहि फरार रहदै आएका पूर्वी चितवनको राप्ती नगरपालिका–६ सेंढाईं टोल बस्ने २९ वर्षीया राम सेंढाईंलाई खैरहनी प्रहरीले बुधबार पक्राउ गरेको छ ।
जिल्लाका विभिन्न स्थानहरुबाट चन्दा असुली गर्ने तथा बम विस्फोट गराउने कार्यमा संलग्न रहेका सेंढाईंलाइ इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषीराम घर्ती मगरको कमान्डमा गएको प्रहरीको टोलीले बुधबार बेलुकी ६ बजे उनैको घरबाट पक्राउ गरेको हो ।
खैरहनी नगरपालिका १३ स्थित मर्कनटायलमा बम विष्फोट गराई क्षति बनाएको आरोपमा फरार रहदै आएका सेंढाईं प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सेढाईंलाइ थप अनुसन्धानका लागि बिहिबार जिल्ला प्रहरी कार्यालयमा पठाइएको खैरहनीका प्रहरी प्रमुख ऋषीराम घर्ती मगरले जानकारी दिए ।





