नेकपा अध्यक्षद्वयले वान टु वान वार्ता जारी राख्ने


२३ असार २०७७, मंगलवार १५:५१ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ । आजको वार्ता पनि कुनै ठोस सहमतिमा नपुगी सकिएको नेकपा स्रोतले जनाएको छ ।

तर आजको बैठकमा अध्यक्षद्वयबीच वान टु वान वार्ता जारी राख्ने र स्थायी कमिटी बैठक पनि अघि बढाउने समझदारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीको आन्तरिक विवाद हल गर्ने भन्दै नेकपाको जारी स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । अर्को बैठक भोलिका लागि बोलाइएको छ ।

विवाद हल गर्न जुटेका अध्यक्षद्वय ओली र प्रचण्डबी आज प्रधानमन्त्रीनिवास बालुवाटारमा झन्डै दुई घण्टा छलफल भएको छ ।

बिहान ११ः४० देखि १ः३० सम्म भएको छलफलमा दुई अध्यक्षले बुधबार पुनः सुरु हुने तालिकामा रहेको स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी गरेका छन् ।

साथै, स्थायी कमिटी बैठक चल्दै गर्दा दुई अध्यक्षबीच पनि एक्लाएक्लै छलफल निरन्तर गर्ने समझदारी भएको बुझिएको छ ।

सोमबार भएको दुई अध्यक्षको छलफलमा दोस्रो तहका नेताहरूलाई वार्तामा सहभागी नगराई अध्यक्षद्वयले वान टु वान वार्ता गर्दै जाने समझदारी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here