गंगालालमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि


२३ असार २०७७, मंगलवार १३:२३ मा प्रकाशित

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले यसको पुष्टि गरे । उनका अनुसार उनीहरूको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ ।

अस्पतालले भने आज मंगलबारबाट आकस्मिकबाहेकका सबै सेवा हालका लागि स्थगित गरेको छ । थप सतर्कताका लागि आकस्मिकबाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here