देउवा र जसपाका नेताहरूबीच भेटवार्ता


२३ असार २०७७, मंगलवार १३:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी .(जसपा)का नेताहरूबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।

भेटका लगि जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू डा। बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए ।

भेटमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समीक्षा भएको थियो ।

‘जनताको आवाज राख्ने त्यही एउटा ठाउँ थियो, सरकारले संसदको अधिवेशन अन्त्य गरेर मुखमा ताला लगाउने काम गरेको छ’ भेटपछि नेता महतोले भने, ‘संसद अधिवेशन अन्त्य गरेकोमा दुवै दलले असन्तुष्टि व्यक्त गरेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here