आज ४७३ जना  कोरोना संक्रमित थपिए


१८ असार २०७७, बिहीबार १६:४१ मा प्रकाशित

आज बिहीबार देशभर ४७३ जना  कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा चार हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। यससँगै देशभर कुल १४ हजार ५१९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा १०९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जना संक्रमित थपिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here