अमेरिकी राष्ट्रपति ट्रम्पका थप दुई कर्मचारीमा कोरोना संक्रमण


९ असार २०७७, मंगलवार १३:५२ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका थप दुई कर्मचारीहरुमा कोरोना संक्रमित भएको छ।

शनिबार ओक्लाहोमामा आयोजना गरिएको टुल्सा जुलुसमा सहभागी भएका कर्मचारीहरुमा कोरोना संक्रमित भएको हो।

यसअघि सोही जुलुसमा सहभागी भएका ६ जनालाई संक्रमित भइसकेको छ। यसैसँग जुलुसमा सहभागी हुने ट्रम्पका ८ जना कर्मचारीलाई कोरोना संक्रमित भएको छ।

यद्यपि जुलुसमा सहभागी भएका कर्मचारी सदस्यहरूले मास्क लगाएका थिए। मार्च पछि ट्रम्पको यो पहिलो जुलुस हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here