आतंकवादी हमलाको सूचनापछि नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च


८ असार २०७७, सोमबार ११:५९ मा प्रकाशित

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।

जम्मु कश्मीरमा आइतबार भएको भीडन्तमा ४ आतंकवादीको मृत्यु भएपछि उनीहरूको एउटा समूह ४÷५ वटा ट्रकमा दिल्लीका लागि प्रस्थान गरेको भारतीय खुफिया एजेन्सीले जनाएको छ ।

खुफिया एजेन्सीको उक्त सूचनालगत्तै दिल्लीमा हाइ अलर्ट जारी गर्दै प्रहरीले सवारीसाधनर, होटल तथा गेष्ट हाउसमा खानतलासी सुरू गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here