विषालु च्याउ खाँदा दाङमा ५ जना बिरामी


८ असार २०७७, सोमबार १४:२९ मा प्रकाशित

दाङ । वनबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा दाङको तुलसीपुरमा ५ जना बिरामी भएका छन् ।

बिरामी हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोलाका ६९ वर्षीय सत्य पुन, उहाँकी श्रीमती ६१ वर्षीया मैती पुन, तुलसीपुर –५ निवासी छोरी भोला पुन, नातिहरु ११ वर्षीया विशाल पुन र १५ वर्षीय लित पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

अस्पतालका अनुसार सत्य पुनकी श्रीमती मैती पुनको अवस्था गम्भीर छ । उनीहरुले वनबाट ल्याएको च्याउ आइतबार साँझ पकाएर खाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here