सडकमा लम्पसार परेर सरकारको विरोध


६ असार २०७७, शनिबार १३:५१ मा प्रकाशित

काठमाडौं । शहिदगेट–सुन्धारा क्षेत्रको सडक पेटीमा सुतेर युवाहरुले सरकारको विरोध गरेका छन् ।

शनिबार एक दर्जन बढी युवाहरुले कोरोनाको संकटको बेलामा पनि सरकारले भ्रष्टाचार गरेको, प्रधानमन्त्री आफैं डाक्टर जस्तो बनेर कोरोनाबाट जोगिन बेसार–पानी खान सल्लाह दिएको भनेर युवाहरुले विरोध गरे । विरोध जनाउन उनीहरु शरीरभरि बेसार छरेर भुइँमा लम्पसार परेर सुतेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here