क्वारेन्टाईनमा सामूहिक बलात्कार कलंकको घटनाः प्रधानमन्त्री


४ असार २०७७, बिहीबार १५:३२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाईन स्थलमा महिलाको सामूहिक बलात्कार मानव जातिका निम्ति कलंकको घटना भनेका छन् । यसमा संलग्न भएकाहरुलाई कुनै हालतमा क्षमा गर्न नसकिने उनले बताए ।

बिहीबार राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलाली घटनाबारे बोलेका हुन् । सुरक्षाका लागि खटाएकाहरु नै कुकर्मी निस्किएको भन्दै उनले भने, ‘मान्छे मान्छे नभएपछि उनीहरुलाई पशु पनि भन्न मिल्दैन किनकी पशुले यति घटियाका काम गर्दैन, मानव जातिकै लागि कलंकको घटना भयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here