कोरोनाबाट बितेको २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरैको मृत्यु


३० जेष्ठ २०७७, शुक्रबार ११:२९ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख २३ हजार ८४६ जनाको मृत्यु भईसकेको छ भने ७५ लाख ९७ हजार ४२६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३८ लाख ४१ हजार ९४३ जना स्वास्थ्यपचार पछि निको भएका छन् भने ५३ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५०१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९८ हजार २८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४६ हजार ९७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा बिहीवार मात्रै ११ हजार १२८ जना नयाँ संक्रमित थपिएका छन् भने ३९४ जनाको मृत्यु भएको छ । यो संख्या भारतमा एकैदिन मृत्यु भएकाको अहिसम्मकै धेरै संख्या हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here