आजदेखि जोर–विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन, अर्को जिल्ला जान प्रतिबन्ध


३० जेष्ठ २०७७, शुक्रबार ०७:३६ मा प्रकाशित

काठमाडौँ । लकडाउनको ८१ औँ दिनमा आजदेखि जोर – विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

आजदेखि काठमाडौँ उपत्यकासहित मुलुकभर जोर–विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा रोक नलगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

तर ती सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ ।

उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना र मोटरसाइकल र स्कुटरमा चालक मात्र भएको खण्डमा त्यस्ता सवारीसाधनलाई रोकिने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here