भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो


२२ जेष्ठ २०७७, बिहीबार ०७:४१ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २५९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८८ पुगेको हो।

एकै दिन ९ हजार ६३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ८२४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४ हजार ७१ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here