इंग्लिस प्रिमियर लिगः मैत्रीपूर्ण खेलका लागि अनुमति


२२ जेष्ठ २०७७, बिहीबार ०७:३० मा प्रकाशित

काठमाडौं । इंग्लिस प्रिमियर लिगले क्लबहरूलाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको छ ।

कोरोना भाईरसको महामारीको कारण स्थगित लिग सुचारु हुनअघि क्लबहरूलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिइएको हो ।
जुन १७ बाट सुचारु हुन लागेको लिगअघि क्लबहरूले आफ्नो मैदान वा प्रशिक्षण मैदानमा अन्य क्लबसँग मैत्रीपूर्ण खेल खेल्न पाउने छन् ।

यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दुई खेल जीतेमात्रै पनि च्याम्पियन बन्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here