झापा । झापाको बुद्धशान्ति गाउँपालिकाको बुद्धआदर्श माविमा रहेको क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमा १ जना बुद्धशान्ति गाउँपालिका, ३ जना ताप्लेजुङ र १ जना पाँचथरका रहेको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए ।
क्वारेन्टाइनमा भारतबाट आएकाको संख्या बढी छ । आफ्नै गाउँपालिका क्षेत्र र पहाडी जिल्लाका मानिसहरूलाई समेत यहाँ राखिएको जनाइएको छ।
क्वारेन्टाइनमा रहेका १०० जनाको पिसिआरका लागी नमुना पठाइएको थियो ।





