काठमाडौं मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


२० जेष्ठ २०७७, मंगलवार १७:३७ मा प्रकाशित

काठमाडौं।  काठमाडौं मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस संक्रमित हुनेमा तीनजना महिला र एकजना पुरुष रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार संक्रमितमा २४ देखि ३२ वर्षका तीनजना महिला र एकजना २८ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन्।  काठमाडौंमै स्वास्थ्यकर्मीलाई यति धेरै संख्यामा पहिलो कोरोना संक्रमण पुष्टि भएको हो।उनीहरु चारैजना काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित कोरोना विशेष अस्पतालमा संक्रमितहरुको उपचारमा जुटेका स्वास्थ्यकर्मी भएको खुलेको छ।

यसअघि कपिलवस्तु, धनकुटासहितका जिल्लामा नर्ससहितका स्वास्थ्यकर्मीलाई कोरोना भएको थियो। यसअघि ग्राण्डी अस्पतालको ल्याबमा काम गर्ने एक कर्मचारीलाई कोरोना देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here