नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि


१९ जेष्ठ २०७७, सोमबार १५:५४ मा प्रकाशित

काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा लगिएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here