चैनपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु


१९ जेष्ठ २०७७, सोमबार १३:२७ मा प्रकाशित

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चैनपुर नगरपालिका– ५ डाँगी गाउँका २१ वर्षीय पेमाल्हामु शेर्पा रहेको इलाका प्रहरी चौकी चैनपुरका प्रहरी निरिक्षक उपेन्द्र खरेलले जानकारी दिए ।

सोमबार बिहान ८ बजे को २ त ५३०८ नम्बरको ट्याक्टरबाट खसेर बज्र गुरु कन्ट्रक्सनका मजदुर शेर्पाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । शेर्पा चैनपुर पोखरी सडक खण्डको साइड तर्फ जादै गर्दा ट्याक्टरबाट खसेर घाइेत भएका थिए ।

घाईत शेर्पा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी चौकी चैनपुरले जनाएको छ । चैनपुर पोखरी सडक खण्डमा बज्र गुरु कन्ट्रक्सनले कालो पत्रे गरिरहेको छ । शेर्पा चैनपुर पोखरी सडक खण्डका कार्यरतर मजदुर हुन् । प्रहरीले ट्याक्टर चालक २९ वर्षीय दोर्ची शेर्पालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here