बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि सूर्योदय संवाददाता १८ जेष्ठ २०७७, आईतवार १४:२१ मा प्रकाशित काठमाडौं । बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।