प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि


१८ जेष्ठ २०७७, आईतवार १४:११ मा प्रकाशित

वीरगञ्ज । प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका छन् । रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन ।

त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन ।

त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here