बेलायत सरकारको अनुमतिपछि व्यक्तिगत स्पर्धाका खेल सोमबारबाट हुने


१८ जेष्ठ २०७७, आईतवार ११:०९ मा प्रकाशित

बेलायत । कोरोना भाइरस (कोभिड–१९) ले स्थगित खेलकुद गतिविधि पुन सूचारु गर्न बेलायत सरकारले अनुमति दिएको छ ।

शनिबार बेलुकी बेलायत सरकारले बन्द रंगशालामा व्यक्तिगत स्पर्धाका खेल गतिविधि गराउन अनुमति दिएको हो ।व्यक्तिगत स्पर्धाका खेल सोमबारबाट सुरु हुने भएपनि प्रिमियर लिग भने जुन १७ बाट सुरु हुने तय भएको छ । अहिले सामुहीक अभ्यासमा प्रिमियर लिग क्लबहरु व्यस्त छन् ।

टि गेम भन्दा व्यक्तिगत स्पर्धामा कम रिस्क हुने भएकाले सोमबारबाट सुरु गर्न सरकारले अनुमति दिएको हो । ‘प्रतिक्षाको घडी सकियो । ब्रिटिस खेलकुदको प्रत्यक्ष प्रशारण सुरु हुनेदिन आइसक्यो । संयमित हुँदै नियन्त्रणात्मक रुपमा खेल फर्किन्छ,’ डिजिटल, मिडिया, संस्कृति खेल राज्य सचिव ओलिभर ड्याडेनले भने, ‘बन्द रंगशालामा सुरक्षित साथ खेल्न वातावरण बनाइएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here