तालिवानद्वारा अफगानिस्तानमा तीन दिनको युद्धविराम घोषणा


११ जेष्ठ २०७७, आईतवार ०७:३५ मा प्रकाशित

काठमाडौं । तालिवानले अफगानिस्तानमा तीन दिनको युद्धविराम घोषणा गरेको छ ।

इस्लामहरुको चाड इद उल फित्रको अवसरमा अफगान सरकारसँग भएको सहमतिपछि तीन दिनको युद्धविराम गर्ने सहमति भएको हो ।

घोषित युद्धबिराम अनुसार अब मंगलबारसम्म अफगानिस्तानमा तालिवान र सरकार दुबैतर्फबाट आक्रमण हुने छैन ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले युद्धविरामको घोषणाको स्वागत गर्दै सरकारी सुरक्षाकर्मीले सहमतिको पूर्ण पालना गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here