काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु


३ जेष्ठ २०७७, शनिबार १५:०४ मा प्रकाशित

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको पुष्टि गर्दै अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले अन्य विवरण भने खुलाएनन् । अस्पताल स्रोतका अनुसार मृत्यु हुने सुत्केरी हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएको थियो ।

१० दिन अघि त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी उनी अस्पतालबाट डिस्चार्ज भएर घर पुगेकी थिइन् । सिन्पाल्चोकको बाह्रबिसेकी उनमा घर पुगेपछि श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसनमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको हो । आमाको मृत्यु भएपछि शिशुलाई अस्पतालमै राखिएको अस्पतालका एक चिकित्सकले बताए ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएकी उनको मृत्यु भएपछि अहिले अस्पताल सिल गरिएको छ । उनको पुनस् कोरोना परीक्षण गर्न पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here