थप २४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २४३ पुग्यो


३१ बैशाख २०७७, बुधबार २०:०४ मा प्रकाशित

काठमाडौं । नेपालमा बुधबार फेरि २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भेटिएका हुन्।

अधिकारीका अनुसार रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३४ र ४१ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो। त्यस्तै रुपन्देहीमै ४, १० र २८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ। त्यसैगरी कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो।

त्यस्तै नवलपरासीमा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। त्यहाँ ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। अर्कातिर पर्सामा थप तीनजना कोरोना संक्रमित भेटिएका छन्। त्यहाँ ३६ र ७४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने ३६ वर्षीया महिलामा पनि कोरोना देखिएको छ।

सहप्रवक्ता अधिकारीका अनुसार कोरोना भेटिएका सबैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। यसअघि बुधबारै दिउँसो बाँके र कपिलवस्तुमा दुईजना कोरोना संक्रमित भेटिएका थिए।

नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्दा निको हुनेको संख्या ३४ पुगेको छ। बुधबार चितवनबाट आमा छोरा निको भएर डिस्चार्ज भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here