बाँके र कपिलवस्तुमा थप १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय १९ पुग्यो


३१ बैशाख २०७७, बुधबार १४:४७ मा प्रकाशित

काठमाडौं । नेपालमा बुधबार थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार कपिलवस्तुमा पनि एक कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here