पत्रकारलाई राहात मागेको समाचार भ्रामक :पत्रकार महासंघ झापा


२९ बैशाख २०७७, सोमबार २०:२२ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिकामा पत्रकारलाई राहातका लागि सिफारिस गरेको भन्दै विभिन्न अनलाईनमा तथ्यहिन समाचार आएको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघको आज बसेको बैठकले यसखाले अनर्गल र भ्रामक समाचार प्रकाशनको आधार उक्त दुई सञ्चार संस्था (झुल्केघाम अनलाइनप्रतिदिन)सँग माग गर्ने र अब उप्रान्त पत्रकार आचारसंहिताको ख्याल गर्न सचेत गराउने समेत निर्णय गरेको छ ।

त्यस्तै महासंघले झापाका सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई नियमित पारिश्रमिक भुक्तानी गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।संचारमाध्यम बन्द भएको वा विज्ञापनको रकम नउठेको बहनामा कतिपय सञ्चारमाध्यमले पारिश्रमिक भुक्तानी रोकेको गुनासो आएपछि महासंघ झापा शाखाले पारिश्रमिक भुक्तानीका लागि आग्रह गरेको हो ।

पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here