झापा । भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको १ अर्ब १० करोड रुपैयाँ राजस्व प्रभावित बनेको छ ।
भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारत लगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुली नराम्ररी प्रभावित भएको थियो ।
प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले यो कार्यालयलाई चालुु आर्थिक वर्ष २०७६/२०७७ का लागि १३ अर्व रुपैयाँ बढी राजस्व असुलीको लक्ष्य दिएको छ । तर चालु आथिर्क वर्षको शुरुवाती महिनादेखि नै कार्यालयले लक्ष्यको तुलनामा राजस्व असुल गर्न सकेको छैन् ।
नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियनत्रणको लागि भन्दैं अघिल्लो वर्षको चैत ११ गते नेपाल सरकारले लकडाउन गरेलगत्तै पूर्वीनाका भएर अत्यावश्यक सामान ग्यास, बुलेट, तरकारी, फलफूल खाद्यन्नमात्र आउन थालेका थिए ।
चैत २५ गतेसम्म यो नाका भएर सामान आइरहेका भएपनि २६ गतेदेखि सँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकरभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले नाका बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए ।
चैत २६ देखि वैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प हुँदा मेची भन्सारर कार्र्यालय काँकरभिट्टाले १ अर्ब १० करोड रुपैयाँ राजस्व गुमाउनु परेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले जानकारी दिए ।
३१ दिनपछि शनिबारबाट यो नाका सञ्चालनमा आएको छ । शनिबार ३१ वटा मालवहाक सवारी साधन नेपाल प्र्रवेश गरेका भए पनि सरकारी विदा परेकाले आइतवार जाचपाँस गरिएको थियो । कार्यालयले आइतबार एकैदिन ८५ लाख रुपैयाँ संकलन गरेको छ ।
आइतबारमात्र ३० वटा मालवहाक सवारी साधन नेपाल प्रवेश गरेका छन् । सोमाबार पनि निर्वाधरुपमा भारतलगायत तेस्रोेमुलुकबाट मालवाहक सवारी साधन आउने क्रम जारी छ । जाँचपास र राजस्व संकलन भइरहेको छ ।





