खोटाङमा दुई जनाको आरडिटि रिपोर्ट पोजेटिभ


२९ बैशाख २०७७, सोमबार १६:३४ मा प्रकाशित

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा दुई जनाको कोरोना भाइरस (कोभिड–१९)को ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘पोजेटिभ’आएको छ ।

१४ दिन क्वारेन्टाइनमा राखेर होम क्वारेन्टाइनमा पठाइएकामा आज आरडिटि परिक्षण गर्दा रिपोर्ट ‘पोजेटिभ’आएको हो । ५४ र २४ वर्षका दुई मध्ये १ जना विदेशबाट र अर्कोजना काठमाण्डौबाट गाउँपालिका आएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले जानकारी दिए । गाउँपालिकाले दुई सय थान टेष्ट किट खरिद गरेर आजबाट आरडिटि परिक्षण सुरु गरेको थियो ।

आज मात्रै २२ जनाको आरडिटी परिक्षण गरिएको हो । २० जनाको (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’आएको छ । ‘आरडिटीमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको र परिवारकै स्वाव संकलन गरेर पिसिआरका लागि पठाउने तथा त्यस वरपर लक गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । यसअघि साकेला गाउँपालिकामा १५ जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिएको थियो । १५ जनाकै रिपोर्ट नेगेटिभ आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here