कोरोना भाइरसका कारण र्‍यापर टिवाइको मृत्यु


२६ बैशाख २०७७, शुक्रबार १५:२६ मा प्रकाशित

युके । बेलायतका र्‍यापर टीवाइले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । नाइजेरियन ब्रिटिश यी र्‍यापरले कोभिड–१९ संक्रमण भएपछि ज्यान गुमाएका हुन् ।

उनी सन् २००४ मा मर्सरी प्राइजका लागि नोमिनेसनमा परेका थिए । उनी परिवारसँग लण्डनमा बस्दै आएका थिए ।

सन् २००१ मा पहिलो एल्बम निकालेका लण्डनमा चर्चित थिए । उनका गीतहरू युवापुस्तामाझ लोकप्रिय छन् ।

उनले सन् २०१८ मा सोलो एल्बम ‘अ वर्क अफ हार्ट’ बजारमा ल्याएका थिए । उनले गतवर्ष लण्डनका अरु र्‍यापरसँग मिलेर किङ्डेम नामक सुपरग्रुप बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here