काठमाडौं । संघीय संसदको छैटौं (बजेट अधिवेश) शुरु भएको छ । शुक्रबार अपराह्न शुरु भएको बैठकमा सभामुख अग्नि सापकोटाले संघीय संसदको छैटौं अधिवेशन आह्वानको पत्र पढेर सुनाएका छन् ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल)ले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ प्रस्तुत गरेका छन् ।





