प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


२१ बैशाख २०७७, आईतवार १२:२४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आइतबार मध्याह्न बोलाइएको बैठकको एजेण्डाबारे भने पूर्वजानकारी नदिइएको एक मन्त्रीले जानकारी दिए ।

जेठ १५ गते संघीय सरकारको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने र त्यसभन्दा पहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ । जसअनुसार संसदको बजेट अधिवेशन बोलाउने विषयमा छलफल हुनसक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here