दमकमा गरिएको स्वाब परिक्षणको रिर्पोट सबैको नेगेटिभ, शिल्ड खुल्यो


१८ बैशाख २०७७, बिहीबार १४:२७ मा प्रकाशित

झापा । झापामा पहिलो पटक कोभिड–१९ कोरोना भाइरस पोजिटिभ देखिएको क्षेत्रमा गरिएको स्वाब परिक्षणको रिर्पोट सबैको नेगेटिभ आएको छ ।

परिक्षणबाट नेगेटिभ परिणाम आएसँगै ३ दिन देखि शिल्ड गरेको क्षेत्र समेत खुल्ला गरिएको छ । दमक वडा नं. ३ मा ३ दिन अघि ५४ जनाको स्वाब धरान स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । सबैको रिर्पोट नेगेटिभ आए पछि सो क्षेत्रमा गरिएको घेराबन्दी (शिल्ड) समेत हटाइएको दमक नगर पालिकाले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

झापाको दमकमा पहिलो पटक ६२ बर्षीय एक पुरुषमा कोरोना पोजिटिभ देखापरेपछि प्रत्यक्ष सम्पर्कमा आएका दमक नगरपालिका र कमल गाउँपालिकामा स्वाब निकालेर पीसीआर जाँचका लागि धरान पठाइएको थियो । रिर्पोट नेगेटिभ आए पछि संक्रमित क्षेत्रमा रहेको त्रास समेत कम भएको छ ।

यस्तै बाह्रदशी गाउँपालिकाबाट समेत ६३ जनाको स्वाब परिक्षणका लागि पठाइएको र त्यसको रिर्पोट समेत आउनेक्रममा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here