कैलालीकी कोरोना संक्रमित महिलाको पाचौं रिपोर्ट पनि पोजेटिभ


१६ बैशाख २०७७, मंगलवार ११:०७ मा प्रकाशित

कैलाली । कैलालीकी ३४ बर्षकी कोरोना संक्रमित महिलाको पाचौं रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ ।

२५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाचौं रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

उनीबाटै नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । उनलाई दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो । ती युवक निको भएर घर फर्किसकेका छन् ।

एक समय सेती प्रादेशिक अस्पतालमा पाँच जना कोरोना संक्रमित उपचाररत थिए । चार जना निको भएर घर फर्किसकेका छन् भने ती ३४ वर्षकी महिला मात्र हाल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here