दमकमा एकजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमित क्षेत्रमा परिक्षण तीव्र


१४ बैशाख २०७७, आईतवार १७:०५ मा प्रकाशित

झापा । झापाको दमकमा एकजनामा कोरोना परिक्षण देखा परे पछि सो क्षेत्रमा आइतबार विहान देखि नै परिक्षणलाई तिव्र पारिएको छ ।

दमक वडा नं. ३ जनता चौकलाई केन्द्र बनाएर प्रदेश, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टीमबाट परिक्षण शुरु गरिएको छ । दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट खड्गलाल लिम्बुको नेतृत्वमा ४ वटा टोली संक्रमित क्षेत्रमा परिचालन गरिएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाले संक्रमित ६२ वर्षीय वृद्धको सम्पर्कमा आएका तथा घर आसपासका करिब ७९ जनालाई पहिलो प्राथमिकतामा राखेर आइतबार बिहान साढे ७ बजेदेखि स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । टोलीले ६० जनामा आज ३४ पीसीआर र ३७ वटा आरडीटी परिक्षण गरेको जनाएको छ ।

यस्तै टोलीले संक्रमितको टे«सिङको आधारमा सिमानामा रहेको कमल गाउँपालिकामा समेत परिक्षण थालेको छ । टोलीको गरेको टे«सिङ कन्ट्याक्टको आधारमा दमकको वडा नं. ६ र ९ मा समेत परिक्षण गर्नु पर्ने देखिएको झापाका कार्याक्रम अधिकृत विपद व्यवस्थापन समिति सहयता कक्षका सचीव जिवन चौलागाईंले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here