शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस


१४ बैशाख २०७७, आईतवार १६:३० मा प्रकाशित

काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

महानगरीय प्रहरी परिषद् काठमाडौंले अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ, जसमा उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृत्रिम अभावको मुद्दा चलाउन सिफारिस गरिएको छ ।

पक्राउ परेका बेला उनी कीर्गिस्तानका अवैतानिक दूतसमेत भएकाले मुलुकी संहिता अनुसार सार्वजनिक पदको दुरुपयोगमा पनि उनलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । यो सबैमा गर्दा उनलाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ ।

यस्तै उनको साथबाट बरामद भएको स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीको सिफारिस छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here