विदेशमा रहेका करिब ५० लाख नेपालीको अभिभावकत्व गर्न कांग्रेसको आग्रह


१४ बैशाख २०७७, आईतवार ०८:५९ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विदेशमा रहेका करिब ५० लाख नेपालीको अभिभावकत्व ग्रहण गर्न सरकारसँग आग्रह गरेको छ ।

शनिबार विदेशमा रहेका नेपालीको वर्तमान स्थितिबारे नेपाली कांग्रेसको दृष्टिकोण सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले महामारीका बेला नेपालबाहिर रहेका करिब ५० लाख नेपालीलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्न सरकारसँग आग्रह गरेका हुन् ।

शर्माले जारी गरेका विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल देशले एकातर्फ नेपाल भित्र रहेका नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गर्दै लड्नु छ भने अर्कोतर्फ नेपालबाहिर करिब ५० लाखको संख्यामा रहेका नेपालीलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्नु छ ।’

यस्तै, कोरोनाका कारण विदेशमा एक हजार २०० भन्दा बढी नेपाली संक्रमित बनेको उल्लेख गरेको छ । विज्ञप्तिमा उल्लेख छ, ‘अप्रिल २४ सम्म आइपुग्दा करब ५० नेपालीको मृत्यु भएको छ भने विश्वव्यापी रुपमा नेपालीहरु संक्रमित भएको संख्या प्रमाणित रुपमा १२ सय एवं तथ्याङ्कमा अंकित हुन नसकेको अनुमानित समेत गर्दा करिब १८ सय पुगेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here