प्रदेश १: पाँच हजार बढीको कोरोना परीक्षण, ३० जनामा संक्रमण


१३ बैशाख २०७७, शनिबार १९:२९ मा प्रकाशित

विराटनगर । प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ ।

शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको छ । त्यस्तै पीसीआरबाट ९ सय १४ जनाको कोरोना परीक्षणमा भएको छ । प्रदेश १ मा ३० जनालाई कोरोना संक्रमण भएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म १ हजार २ सय ४ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३१ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here