काठमाडौं । औषधि लगायत स्वास्थ्य सामग्री लिन श्री एअरलाइन्सको जहाज सिङ्गापुर उडेको छ ।
एक गैरसरकारी संस्थाले नेपाल सरकारलाई दिने र नेपाल सरकारले खरिद गरेको केही औषधि लिन जहाज सिङ्गापुर उडेको हो । गैरसरकारी संस्था र सरकारले खरिद गरेको सहित जम्मा पाँच सय किलोको हाराहारीमा औषधि लिन आज बिहान साढे ७ बजे जहाज सिङ्गापुर उडेको हो ।
जहाज आजै नेपाल फर्कने छ । सरकारले किनेको औषधिको भाडा नलिने श्री एअरलाइन्सले जनाएको छ ।





