झापाको भद्रपुर नगरपालिका ४ मा ३ सय बढी मलामी भेला, मेयर समेत उपस्थित


४ बैशाख २०७७, बिहीबार २०:१७ मा प्रकाशित

झापा । कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन लगातार २४ दिन देखि जारी छ ।

सरकारले अतिआवश्यक देखि बाहेक २५ जना भन्दा बढी मानिसको भिडभाड नगर्न निर्देशन जारी गरेको छ । तर आज झापाको भद्रपुर नगरपालिका ४ की एक मुस्लीम समुदायकी महिलाको निधन भएपछि स्थानीय ताराबारी भन्ने स्थानमा गरीएको अन्त्यष्टीमा ३ सय जना भन्दा बढी मलामी भेला भएको पाईएको छ ।

मलामी जानेमा भद्रपुर नगरपालिकाका मेयर जिवनकुमार श्रेष्ठ समेत रहेको स्थानीयले बताएका छन् । कोरोना संक्रमणको डरका कारण ठुलो भिडभाड हुनबाट जोगाउनु पर्नेमा स्थानीय सरकार प्रमुख नै सरकारी निर्णयलाई वेवास्ता गर्दै मलामी गएको पाईएको हो ।

अन्त्यष्टि स्थलमा प्रहरीको उपस्थिति हुँदा समेत मुकदर्शक बनेको सर्वसाधारणको गुनासो छ । सर्वसाधारणले प्रहरी तथा मेयर श्रेष्ठलाई भिडभाड हटाउन आग्रह गरेपनि उल्टै गाली गरेको स्थानीय उमेश पाण्डेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here