प्रदेश नं. १ कोरना अपडेटः आरडीटीबाट ८ सय २६ जनाको परीक्षण


४ बैशाख २०७७, बिहीबार १९:०४ मा प्रकाशित

विराटनगर । प्रदेश १ मा विहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ भने बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआरबाट परीक्षण गर्दा आज नेगेटिभ आएको हो ।

ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट बुधबारसम्म जम्मा ३ सय ४१ जनाको नमुना परीक्षण भएको छ । जसमध्ये ६५ महिला र २ सय ७६ पुरुष छन् । परीक्षण नतिजा ४९ महिला र २ सय ४३ महिलाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । पीसीआर विधिबाट नमूना परीक्षण गरिएका मध्ये ५८ जनाको रिर्पोट आउन बाँकी छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार हालसम्म दुवै विधिबाट आएको परीक्षणहरुको नतिजा नेगेटिभ छ । अर्थात कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तिव्रता दिएको जनाएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बिहीबारसम्म कूल ५ सय ६८ जना छ । जसमा ४ महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् ।

रोन्टाइनमा ६८ महिला र ५ सय पुरुष बसिरहेका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन् ।

होम क्वारेन्टाइनमा ६ सय ३५ महिला र ३ हजार एक सय ८१ पुरुष गरी जम्मा ३ हजार ८ सय १६ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या हरेक दिन बढ्दो क्रममा रहेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here