कोरोना भाइरसका कारण विश्वभर १ लाख १४ हजार २ सय २१ जनाको मृत्यु


१ बैशाख २०७७, सोमबार ०९:४० मा प्रकाशित

काठमाडौं । साढे ३ महिनादेखि महामारीको रुप लिएको कोरोना भाइरसका कारण विश्वभर १ लाख १४ हजार २२१ जनाको मृत्यु भएको छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सोमबार विहान ७ बजेसम्म १८ लाख ५२ हजार ६ सय भन्दाबढी मानिस संक्रमित भएका छन् । सङ्क्रमितमध्ये चार लाख २३ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणले अमेरिकामा मात्रै २२ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै पाँच लाख ६० हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् । अमेरिकापछि इटलीमा १९ हजार आठ सय ९९ जनाको मृत्यु भएको छ । त्यहाँ १ लाख ५६ हजार ३६३ जना संक्रमित भएका छन् ।

स्पेनमा १७ हजार २०९ जनाको मृत्यु भएको छ भने १ लाख ६६ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै फ्रान्समा १४ हजारभन्दा धेरै र बेलायतमा १० हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ ।

इरानमा ४ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ भने बेल्जियममा पनि ३ हजार ६ सय जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।

सुरुमा कोरोना भाइरसको महामारी फैलिएको मुलुक चीनमा पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ३४१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here