कैलालीमा कोरोना सङ्क्रमित भेटिएको भनी भ्रम फैलाउने व्यक्ति पक्राउ


२६ चैत्र २०७६, बुधबार १५:५३ मा प्रकाशित

कैलाली । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका— १ ब्लक नम्बर १० मा कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने त्यसै नगरपालिका २ का पवनकुमार भट्टराईलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

आफ्नो फेसबुक आइडीमार्फत ‘कोरोना भाइरसको सङ्क्रमित टीकापुर नगरपालिका(१ ब्लक नं १० मा भेटियो’ भनेरष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानुनी कारबाहीका लागि भट्टराईलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको उनले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here