काठमाडौं । ब्राजिलका फुटबल हस्ती रोनाल्डिन्हो जेलमुक्त भएका छन् ।
नक्कली पासपोर्ट बोकेर पाराग्वे पुगेपछि उनी त्यहीँ पक्राउ परेका थिए । जाली पासपोर्ट तथा अध्यागमन कानुन अनुसार ६ महिनाको जेल सजाय पाएका रोनाल्डिन्हो ३२ दिनमै रिहा भएका हुन् ।
मुद्दाको अन्तिम फैसला नभएसम्म नजरबन्दमा बस्ने गरी उनलाई जेलमुक्त गरिएको बताइएको छ ।
रोनाल्डिन्होसँगै उनका दाइ रोबर्टोलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो । तारेखमा रिहा हुनका लागि आवश्यक धरौटी बुझाउन नसकेपछि दुवैजनालाई कारागार पठाइएको थियो ।
४० वर्षीय रोनाल्डिन्होले सन् २०१५ मा व्यावसायिक खेल जीवनबाट सन्न्यास लिएका थिए ।





