भारतीय अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ


२५ चैत्र २०७६, मंगलवार १८:११ मा प्रकाशित

काठमाडौं । भारतको उत्तरप्रदेश राज्यस्थित बागपत जिल्लाको अस्पतालबाट सिसा फोरेर भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सोमबार अस्पतालबाट भागेका थिए । सुनसरीस्थित भोक्राहाका ती नेपालीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि शुक्रबार उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो ।

तर सोमबार राति नै अस्पतालबाट झ्यालको सिसा फुटाएर उनी भागेपछि बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो ।

१० वटा टोली परिचालन गरेर उनलाई पुनड्ड नियन्त्रणमा लिइएको बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले जानकारी दिएको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here