झापा । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विर्तामोड नगर कमिटीले १ सय क्वीन्टल चामल हस्तान्तरण गरेको छ ।
कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले गरेको लगातारको लकडाउनले नगरका विपन्न तथा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएकाहरुलाई खाद्यन्न अभाव भइरहेकाबेला नेकपा विर्तामोडले ४ लाख मुल्य बराबरको चामल नगरप्रमुख ध्रुवकु्मार शिवाकोटीलाई हस्तान्तरण गरेको हो ।
चामल हस्तान्तरण गर्दै नेकपा विर्तामोड नगर कमिटि अध्यक्ष ज्ञानुराम प्रसाईले कुनै पनि विभेद नगरी बिहान बेलुका हातमुख जोर्न समस्या भएका नागरिकलाई राहत वितरण गर्न नगरपालिकालाई आग्रह गरे ।
चामल हस्तान्तरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, नेकपा नगर कमिटी इन्चार्ज युवराज दाहाल, सचिव मोहन सुब्बा जिल्ला सदस्य अरुण श्रेष्ठ, व्यवसायी सुवास भट्टराई, याम विमली लगायतको उपस्थिति रहेको थियो ।





