ओली–प्रचण्डको सहमतिः सभामुखमा अग्नि सापकोटा


५ माघ २०७६, आईतवार १५:४९ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउने गरी सहमति गरेका छन् ।

यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको थियो । रिक्त पदमा कस्लाई ल्याउने भन्नेमा नेकपाभित्र निकै लामो रस्साकस्सी चलिरहेको थियो । प्रधानमन्त्री ओली पूर्वसभामुख सुवास नेम्बाङ तथा दाहाल सापकोटालाई सभामुख बनाउन चाहन्थे । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे पनि आफु सभामुखमा दाबी रहेको बताएपछि त्रिकोणीय प्रतिष्पर्धा देखिएको थियो ।

तुम्बाहाङफेलाई राष्ट्रपति विद्या भण्डारीको समर्थन रहेको चर्चा नेकपाभित्रै चलेको थियो । यद्यपि, आज बिहान प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भएको छलफलमा सापकोटालाई सभामुख बनाउन ओली सहमत भएका हुन् ।

दुई नेताले गरेको सहमतिलाई समर्थन लिनका लागि अपराह्न ४ बजे सचिवलाय बैठक पनि बोलाइएको छ । सापकोटामाथि द्वन्द्वकालमा मानवअधिकार उल्लंघन गरेको आरोप लागेको छ । उनकै निर्देशनमा काभ्रेका अर्जुन लामाको हत्या गरिएको आरोप उनीमाथि लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here