आपसी समझदारीमा सभामुख चयन गर्ने ओली प्रचण्डको निर्णय, आजै ४ बजे सचिवालय बैठक बस्दै


५ माघ २०७६, आईतवार १३:१८ मा प्रकाशित

काठमाडौं । सभामुख चयनका लागि बसेको नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकिएको छ ।

आइतबार बिहान करीब साढे २ घन्टा बालुवाटारमा बसेको प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीचको भेटवार्ता सकिएको हो । दुई नेताबीचको बैठले आजै ४ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । ‘सभामुख आपसी समझदारीमा चयन गर्ने निर्णय भएको छ, त्यसका लागि ४ बजे सचिवालय बैठक बोलाइएको छ’ महासचिव पौडेलले भने,‘आजै सभामुखबारे टुंगो लाग्नेछ ।’

भोलि संसदको बैठक आह्वान भएका कारण नेकपालाई आजै सभामुख चयन गर्नुपर्ने दवाव रहेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले सुवास नेम्वाङलाई र अर्का अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई सभामुखको रुपमा अघि सारेका छन् भने राष्ट्रपतिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेमाथि सदासयता देखाएपछि सभामुख बारे निर्णय हुन सकेको थिएन ।

बालुवाटार श्रोतका अनुसार सभामुखमा केपी ओली केही लचक भएका छन् । तर उनले अहिले चर्चामा रहेको भन्दा फरक व्यक्ति चाहेका छन् जसका बारेमा प्रचण्डसँग छलफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here